काठमाडाैं। नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा) बाट कैलाली–५ मा उम्मेदवार रहेका जगन्नाथ चौधरी ले आफ्नो पार्टी त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
चौधरीले आफूले उठाएका एजेन्डा र रास्वपाका उम्मेदवार आनन्द चन्द का मुद्दा मेल खाएको बताउँदै पार्टीमा समाहित भएको बताएका छन्। मेरो एजेन्डा सुशासन, समावेशिता र विकास थियो, जुन रास्वपाका उम्मेदवारको पनि हो। परिवर्तनका लागि हामी एक ठाउँमा आउन जरुरी ठानेर उम्मेदवारी स्थगित गरेको हुँ, उनले भने।
रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी र जशु भट्ट तथा उम्मेदवार चन्दले चौधरीलाई पार्टीमा स्वागत गरेका थिए।
उम्मेदवार चन्दले चौधरीजस्तो परिपक्व नेतृत्व रास्वपालाई आवश्यक रहेको बताएका छन्। चौधरी गत निर्वाचनमा प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका थिए र त्यतिबेला पाँच हजारभन्दा बढी मत प्राप्त गरेका थिए।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार












प्रतिक्रिया