काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले उद्योग स्थापना गर्न नेताहरूको पछि लाग्नुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन्। मंगलबार इटहरीमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले पूर्वी क्षेत्र देशमै पहिलो उद्योग–कलकारखाना स्थापना भएको क्षेत्र भए पनि हाल नयाँ उद्योग खुल्न नसकेको बताए। नयाँ उद्योग खोल्न राजनीतिक र प्रशासनिक झन्झट ठूलो समस्या बनेको उनको भनाइ थियो।

advertisement

साहका अनुसार अहिले नयाँ फ्याक्ट्री खोल्न धेरै नेता र कर्मचारीलाई मनाउनुपर्ने अवस्था छ र सञ्चालन सुरु भएपछि चन्दा आतंकको सामना गर्नुपर्छ। उनले अब यस्तो अवस्था अन्त्य गरिने दाबी गरे।

उनले पूर्वी क्षेत्रलाई उत्पादनमुखी बनाउने आवश्यकता औँल्याउँदै पूर्वी तराईका चार जिल्लामा पर्याप्त धान उत्पादन भए देशभर खाद्यान्न आपूर्ति गर्न सकिने बताए। साथै, पूर्वी पहाडमा उत्पादन भएका कृषि उपज तराईमा ल्याएर बजार व्यवस्थापन गरिने र मुकुलुङ तथा खुवालुङलाई राष्ट्रिय आस्थाका केन्द्रका रूपमा विकास गरिने पनि उनले बताए।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com