काठमाडौं । भारतको झारखण्ड राज्यमा एयर एम्बुलेन्स विमान दुर्घटना हुँदा सातै जनाको ज्यान गएको छ। राँचीबाट बिरामी लिएर दिल्ली जाँदै गरेको बीचक्राफ्ट सी–९० (भिटी–एजेभी) विमान सोमबार साँझ चतरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।
भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार विमान साँझ ७ बजेर ११ मिनेटमा बिरसा मुण्डा विमानस्थल बाट उडेको थियो। मौसम प्रतिकूल भएपछि मार्ग परिवर्तन (डिभिएसन) को अनुरोध गरिएको थियो। तर साँझ ७ बजेर २२ मिनेटमा अन्तिम रडार सम्पर्क देखिएको र त्यसपछि सम्पर्क विच्छेद भएको जनाइएको छ।

विमान रेडबर्ड एयरवेज द्वारा सञ्चालित एयर एम्बुलेन्स थियो। कम्पनीले चार्टर तथा मेडिकल इभ्याकुएसन सेवा प्रदान गर्दै आएको छ।
दुर्घटनामा मृत्यु हुनेहरूमा ४१ वर्षीय बिरामी सञ्जय कुमार, उनका सहयोगी विकास गुप्ता, चिकित्सक सचिन कुमार मिश्र, स्वास्थ्यकर्मी अर्चना देवी र धुरु कुमार तथा दुई क्याप्टेन विवेक विकास भगत र सवराजदीप सिंह रहेका छन्। भारतीय दैनिकका अनुसार घटनास्थलमै सातै जनाको मृत्यु भएको हो।

advertisement

राँची विमानस्थलका अधिकारीहरूले खराब मौसम दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन्। यद्यपि वास्तविक कारण विस्तृत छानबिनपछि मात्र सार्वजनिक हुने बताइएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com