काठमाडौं । गोरखा बुंकोटमा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलबार दिउँसो करिब ४ बजेतिर परेको चट्याङका कारण सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ वर्षीय दिलिशा घर्ती मगरको मृत्यु भएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ।

advertisement

सोही घटनामा घाइते भएका १३ वर्षीया दीक्षा घर्ती मगर (बुंकोट) र भीमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापामगर उपचाररत छन्। अस्पतालले उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ।

घटना त्रिपुरासुन्दरी गाउँपालिका–३, मूलपानी खुर्सानीटार, धादिङमा भएको थियो। अस्पताल पुर्‍याउँदा दिलिशा घर्ती मगरको मृत्यु भइसकेको थियो।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com