काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो।

advertisement

दुर्घटनामा मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङ्तान र सोही ठाउँका १८ वर्षीय अमोश थिङ रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने सवारी साधन र चालक दुर्घटनापछि फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार फरार सवारीको पहिचानका लागि घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन गर्नुका साथै प्रत्यक्षदर्शीसँग सोधपुछ भइरहेको छ।

फरार चालकको खोजी तीव्र पारिएको र घटनाबारे आवश्यक कानुनी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com