काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेकपाले ६५ भन्दा धेरै सिट जित्ने दाबी गरेका छन् । उनले नेकपाले ६५ देखि ७० सीटसम्म प्रत्यक्षमै जित्ने अनुसन्धानको रिपोर्ट आउन थालेको दाबी गरेका हुन् ।

आज (बुधबार) पार्टी कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीविहरूसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् । निर्वाचनको मितिसम्म पुग्दा नेकपाले अझै बढि मेहनत गरेर नतिजा झनै राम्रो आउनसक्ने उनको विश्वास छ ।

advertisement

यो निर्वाचनमा नेकपा अरूभन्दा अघि रहेको कुरा विरोधीहरुले समेत भन्न थालेको भन्दै पहिलो दल हुन सकिने प्रचण्डको दाबी छ । दाहालले भने,‘अब निष्पक्ष निर्वाचन हुने हो भन्दा हाम्रो रिजल्ट राम्रै हुने देखिन्छ। पहिलाको भन्दा राम्रो हुन्छ त हाम्रा कट्टर विरोधीले नि भन्न थाल्या छन्। अब कतिपयले त रिपोर्ट निकाल्दा खेरि होइन यिनीहरू त अप्रत्याशित रूपमा धेरै आउने भए, ६५ देखि ७० सम्म सिट त यिनले प्रत्यक्षमै जित्ने भए भन्ने पनि भन्न थालेका छन्।’

नेकपाले भोलि अपरान्ह २ बजेको लागि निर्वाचन परिचालन समितिको बैठक बोलाएका छन् । भोलि दिउँसो ३ बजे भने पत्रकार सम्मेलन गरेर अपिलसमेत जारी गरिने जनाईएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com