काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताएका छन्।

बुधबार बुटवलमा आयोजित ‘खेलाडीसँग विष्णु प्रसाद पौडेल’ कार्यक्रममा उनले आर्थिक वर्ष २०८२/८३ का लागि आफूले ल्याएको बजेट संसद्मा प्रस्तुत भई पारित भइसकेको अवस्थामा त्यसको कार्यान्वयन रोकिने आधार नरहेको बताए।

उनले बजेटमा उल्लेख कतिपय विषयलाई वर्तमान सरकारले रद्द नगरी ‘होल्ड’ मात्र गरेको जिकिर गर्दै ती निर्णयहरू छिट्टै खुला हुने दाबी गरे। रुपन्देही क्षेत्रका विकास आयोजनाका लागि छुट्याइएको रकम पनि कार्यान्वयनमा जाने उनको भनाइ छ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का एमाले उम्मेदवार समेत रहेका पौडेलले रुपन्देहीमा उपयुक्त स्थान पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने तथा जिल्लालाई ‘स्पोर्ट्स हब’ का रूपमा विकास गर्ने योजना रहेको बताए।

प्रदेशको गौरव आयोजनाका रूपमा रहेको उजिरसिंह रंगशालाका लागि बजेट सुनिश्चित भइसकेको उल्लेख गर्दै उनले आवश्यक प्रक्रिया पूरा गरी आयोजना छिट्टै अघि बढ्ने दाबी गरे।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com