काठमाडाैं । इरानले जापानी सार्वजनिक प्रसारणकर्ता एनएचकेका तेहरान ब्युरो प्रमुखलाई पक्राउ गरेको मिडिया रिपोर्ट गरेको छ ।

रिपोर्टहरूले उनलाई शिन्नोसुके कावाशिमाको रूपमा नाम दिदै कुख्यात एभिन जेलमा सारिएको जनाएका छन् ।

advertisement

“एनएचकेमा सधैँ कर्मचारीहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएकाले यस समयमा, थप टिप्पणी गर्न असमर्थ रहेको एनएचकेका प्रवक्तालाई उदृत गर्दै बुधबार एएफपीले जनाएको छ ।

सरकारी प्रवक्ता मसानाओ ओजाकीले जनवरी– २० मा एक जापानी नागरिकलाई हिरासतमा लिइएको तर थप विवरण दिन अस्वीकार गरेको पत्रकारहरूलाई बताएका छन् । तेहरानमा स्थानीय अधिकारीहरूले एकजना जापानी नागरिकलाई हिरासतमा लिएको जापानी सरकारले समेत पुष्टि गरेको छ।

नजर बन्दको मुद्दा बाहिरिए पछि सरकारले इरानी पक्षलाई सम्बन्धित व्यक्तिलाई चाँडै रिहा गर्न आग्रह गर्दै आएको ओजाकीले बताएका छन् । उनले पिडितको परिवार र अन्य सम्बन्धित पक्षहरूसँग पनि सम्पर्कमा रहि आवश्यक सहयोग प्रदान गरिरहेको बताएका छन् ।

  • रासस

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com