काठमाडौं । बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सघाउने भएको छ।

आज ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रलोपा)का उम्मेदवार पदमबहादुर कुँवरले नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई समर्थन गरेको बताए। आज कांग्रेसका उम्मेदवार पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा कुँवरले पौडेललाई सघाउने घोषणा गरे।

advertisement

माओवादी केन्द्र नेकपा भएपछि कुँवर प्रलोपातर्फ लागेका थिए। आफू उम्मेदवार बन्दा राम्रो उम्मेदवारको मत काटिएर पराजित हुनुपर्ने अवस्था आउनसक्ने भन्दै पौडेललाई सघाउने निर्णय गरेको कुँवरको भनाइ छ। उनको समर्थनसँगै प्रलोपाका नेता कार्यकर्ता भने अन्योलमा देखिएका छन्।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com