काठमाडौं । दाङको तुलसीपुरमा विस्फोट घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सुन्दरनगर टोलका ३९ वर्षीय सजक भनिने शेरबहादुर दमाइ रहेका छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार प्रहरीले दमाइलाई तुलसीपुर–१६ रावतगाँउबाट नियन्त्रणमा लिएको थियो।

advertisement

फागुन ५ गते बिहान तुलसीपुर–६ र ८ को सीमामा पर्ने पातुखोलामा सिलिन्डर बम विस्फोट भएको थियो। सोही दिन चुनाव बहिस्कार गरेको नेकपा (बहुमत)ले नेपाल बन्दको घोषणा गरेको थियो।

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा पक्राउ परेका नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला हाल काठमाडौं प्रहरीको हिरासतमा छन्। प्रहरीले तुलसीपुरमा सिलिन्डर बम विस्फोटमा संलग्न अन्य नेकपा (बहुमत)का कार्यकर्ताको पनि खोजी भइरहेको जनाएको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com