काठमाडाैं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी जिल्ला सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गरेका छन्। उनी रास्वपा छाडेर नेपाली कांग्रेस मा प्रवेश गरेका हुन्।

ठकुरीलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा ले बिहीबार पार्टीमा स्वागत गरेका थिए। नवलपरासीको बर्दघाटस्थित चौपतामा आयोजित कांग्रेसको चुनावी सभामै उनले पार्टी प्रवेश गरेका हुन्।

advertisement

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ठकुरी रास्वपाबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले प्रत्यक्षतर्फ १२ हजार ४९९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए।

सोही निर्वाचन क्षेत्रमा कांग्रेसका विनोद चौधरी २९ हजार ५१९ मतसहित विजयी भएका थिए भने नेकपा एमालेको समर्थनमा कोदालो चिन्ह लिएर चुनाव लडेका हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत प्राप्त गरेका थिए।

फागुन २१ गते हुन गइरहेको आगामी निर्वाचनका लागि रास्वपाले विक्रम खनाललाई उम्मेदवार बनाएको छ। खनाल कांग्रेसबाट रास्वपा प्रवेश गरेका नेता हुन्। पार्टीले खनाललाई उम्मेदवार बनाएपछि ठकुरी असन्तुष्ट रहेको बताइएको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com