काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले २०४६ सालपछिका सबै काण्डहरूको छानबिन गरी कारबाही गर्ने बताएका छन्।

बिहीबार सुर्खेतमा आयोजित कांग्रेसको बृहत् सभालाई सम्बोधन गर्दै उनले २०४६ सालपछि भएका भनिएका र सुनिएका प्रत्येक काण्डको निष्पक्ष छानबिन गरिने दाबी गरे।

advertisement

“२०४६ सालपछि भएका प्रत्येक काण्डहरूको छानबिन गर्ने मात्र होइन, त्यसमा मेरै परिवारको सदस्य संलग्न रहेछ भने पनि एक जना मानिस पनि बच्दैन,उनले भने, पाँच वर्षको कार्यकालमा कांग्रेस सभापतिको हैसियतले भन्छु—एउटा काण्ड पनि नेपाली कांग्रेसको सरकारले गर्‍यो भन्ने कुरा कुनै नागरिकले सुन्नुपर्दैन।

थापाले आफूहरू परिवर्तन र सुधारको एजेन्डासहित निर्वाचनमा होमिएको उल्लेख गर्दै आगामी पाँच वर्षलाई परिवर्तन र रूपान्तरणको अवधि बनाउने दाबी गरे।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com