काठमाडाैं । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले आफू निर्वाचित भएमा पाँच वर्षभित्र गर्ने पाँच संकल्प सार्वजनिक गरेका छन्।
पोखरेलले ‘पाँच वर्षमा पाँच क्रान्ति’ शीर्षकअन्तर्गत आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासनका क्षेत्रमा रूपान्तरण ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले रोजगारी सिर्जना, सडक तथा सिँचाइ विस्तार, उद्योग प्रवर्द्धनमार्फत आर्थिक तथा पूर्वाधार क्रान्ति अघि बढाउने योजना प्रस्तुत गरेका छन्।
संकल्पपत्रमा गुणस्तरीय शिक्षा, सीपमूलक कार्यक्रम र डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिइने उल्लेख छ। स्वास्थ्य क्षेत्रमा सहज र गुणस्तरीय उपचार, आधुनिक उपकरणसहितका अस्पताल निर्माण तथा गाउँगाउँमा विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ।
पोखरेलले दाङलाई आर्थिक, सामाजिक र प्रशासनिक दृष्टिले नमूना जिल्लाका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए। उनले अब दाङ राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्ने अवस्थामाआउनुपर्ने उल्लेख गर्दै भने, अब दाङबासी ज्ञापनपत्र बुझाउने ठाउँमा होइन, बुझ्ने ठाउँमा हुनुपर्छ।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया