काठमाडौं । धनुषाको औरही गाउँपालिका वडा नं.६ मा एक जना पुरुषको शव फेला परेको छ। पुरुषको हात पछाडि बाँधिएको र धारिलो हतियारले घाँटी काटिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जानकारी दिएको छ।

धनुषा प्रहरीका अनुसार शव फेला परेको पुरुष हंसपुर नगरपालिका ९ रुदौलीका सुमित मण्डल रहेका छन्। दिउँसो ४ः३० बजे स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। अहिले धनुषा प्रहरीको टोली उक्त स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ। थप जानकारी आउन बाँकी रहेको छ।

advertisement

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com