काठमाडौं । नेपाली कांग्रेस ले शुक्रबार तीन जिल्लामा चुनावी सभा आयोजना गर्ने भएको छ। पार्टीका अनुसार रुपन्देही, बागलुङ र कास्कीमा हुने सभालाई केन्द्रीय नेतृत्वले सम्बोधन गर्नेछ।

रुपन्देहीको बुटवलमा बिहान ११ बजे, बागलुङ बजारमा दिउँसो १ बजे तथा कास्कीको पोखरामा दिउँसो ३ बजे चुनावी सभा तय गरिएको छ। तीनै स्थानमा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीहरूको उपस्थिति रहने जनाइएको छ।

advertisement

पार्टीले चुनावी अभियानलाई तीव्रता दिँदै देशका विभिन्न जिल्लामा कार्यक्रम विस्तार गरिरहेको जनाएको छ। यसअघि बिहीबार सुर्खेत र बाँकेमा आयोजित सभालाई पनि केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए। सुर्खेतको कार्यक्रममा उपसभापति पुष्पा भुसाल सहभागी थिइन् भने उपसभापति शर्मा नवलपरासी पश्चिममा आयोजित कार्यक्रममा सहभागी भएका थिए।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com