काठमाडौं । नेपाली कांग्रेस का नेता चन्द्र भण्डारी ले विचार समयअनुसार परिवर्तनशील हुने बताएका छन्। उनले विचार कुनै स्थिर र अपरिवर्तनीय वस्तु नभई समय, घटना, अनुभव तथा प्रविधिको विकाससँगै निरन्तर पुनरावलोकन र रूपान्तरणको प्रक्रियाबाट गुज्रिने धारणा राखेका हुन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले लेखेका छन्, ‘विचार आफैंमा स्थायी हुँदैनन्। समयक्रममा हुने घटना, अनुभव र प्राविधिक विकासले तिनलाई निरन्तर चुनौती दिन्छन् र परिवर्तनतर्फ डोर्याउँछन्।’
उनका अनुसार कुनै समय सान्दर्भिक र उपयुक्त मानिएको सोच समयसँगै अप्रासंगिक बन्न सक्छ। त्यस्तै, आज विकास भइरहेको नयाँ प्रविधिले भोलिको चिन्तन र दृष्टिकोणको दिशासमेत बदल्न सक्ने उनले उल्लेख गरेका छन्।
भण्डारीले मूल्य र मान्यतामा आधारित विचारहरू भने लचिलो हुने र समयको मागअनुसार आफूलाई परिमार्जन गर्न सक्षम रहने बताएका छन्।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया