काठमाडौं । नेपाली कांग्रेस खोटाङका संगठन विभाग प्रमुख विष्णुराज राई श्रम संस्कृति पार्टी मा प्रवेश गरेका छन् ।

२०७० सालको संविधानसभा सदस्य निर्वाचनमा बागी उम्मेदवारी दिएका कारण उनी पाँच वर्ष निष्कासनमा परेका थिए । त्यसपछि पुनः सक्रिय राजनीतिमा फर्किएका विष्णुराजले अन्ततः श्रम संस्कृति पार्टी रोजेको जनाइएको छ ।

advertisement

यसअघि कोशी नाम खारेज गरी ‘किरात प्रदेश’ नामाकरण गर्न आह्वान गरिएको आन्दोलनका क्रममा उनी ‘निर्मल किरात फोर्स’का खोटाङ संयोजकसमेत बनेका थिए ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com