काठमाडौं । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्किएर नबस्न आग्रह गर्दै निर्वाचन अभियानमा घर–घर पुगेर प्रत्यक्ष सक्रिय हुन निर्देशन दिएका छन्।

शुक्रबार रूपन्देहीको बुटवलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले निर्वाचन नजिकिँदै गर्दा नेता–कार्यकर्ताहरूले मतदाता र नवयुवासँग प्रत्यक्ष संवाद गर्न आवश्यक रहेको बताएका छन्। ‘पार्टीका साथीहरू, केही दिन मात्र बाँकी छ। नअलमलिनुस्। घर–घर जानुस्। सामाजिक सञ्जालमा कुरा राख्न सकिन्छ, तर त्यहाँ मात्र अड्किनु हुँदैन,’ उनले भने।

advertisement

थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन रहेको स्मरण गराउँदै प्रचार–प्रसारका लागि गोडा, हात र मुख सक्रियताका साथ प्रयोग गर्न जोड दिँदै भने। ‘हाम्रो शक्ति संगठनको शक्ति हो। गएर घर–घर पुग्नुस्, ढोग्नुस्, संवाद गर्नुस्, नवयुवासँग कुरा गर्नुस्,’।

उनले नवयुवासँग संवाद गर्दा उनीहरूले सुरुमा आलोचना गर्न सक्ने चेतावनी दिँदै धैर्यपूर्वक पार्टीको नयाँ संकल्प बुझाउन आग्रह गरे।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com