झापा । केपी शर्मा ओलीले वर्तमान सरकारले निष्पक्ष र विश्वसनीय निर्वाचनको वातावरण निर्माण गर्न नसकेको आरोप लगाएका छन्। उनका अनुसार सार्वभौम संसद्को विघटनले मुलुकलाई अस्थिरता र सङ्कटतर्फ धकेलेको छ।

शुक्रबार झापाको दमकमा अनेरास्ववियूद्वारा आयोजित ‘बा सँग विद्यार्थी’ कार्यक्रममा बोल्दै उनले देशलाई विद्यमान सङ्कटबाट मुक्त गर्न नेकपा एमाले निर्वाचनमार्फत जनताको जनादेश लिन अघि बढेको बताए।

advertisement

एमाले चुनावबाट नभाग्ने स्पष्ट पार्दै अध्यक्ष ओलीले पार्टी देशव्यापी रूपमा निर्वाचन तयारीमा जुटेको उल्लेख गरे। आगामी निर्वाचनपछि एमाले पहिलो शक्ति बन्ने र देशका जटिल समस्याहरू समाधान गर्ने दाबी पनि उनले गरे।

पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन प्रक्रियामा हुने कुनै पनि किसिमको धाँधली एमालेलाई स्वीकार्य नहुने चेतावनी दिए। उनले स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

युवालाई लक्षित गर्दै उनले विभिन्न माध्यमबाट फैलाइने भ्रम र गलत प्रचारप्रति सचेत रहन आग्रह गरे। कार्यक्रममा उपस्थित विद्यार्थीहरूले राखेका विविध जिज्ञासाको जवाफ दिँदै ओलीले कुनै पनि राजनीतिक दलको भूमिका र कार्यदिशा उसका सिद्धान्त, कार्यक्रम र एजेन्डाले निर्धारण गर्ने बताए। साथै, एमालेका नीति, कार्यक्रम र उद्देश्यलाई जनतासम्म प्रभावकारी ढङ्गले पुर्‍याउन युवाहरूलाई सक्रिय हुन सुझाव दिए।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com