काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ले चितवनबाट नेपालले पर्यटन विकासको शिक्षा लिनुपर्ने बताएका छन् ।
चितवनको गेस्टहाउस चौरमा शुक्रबार आयोजित चुनावी ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले चितवनले पर्यटनमार्फत अर्थतन्त्र चलायमान बनाएको उल्लेख गरे । उनले विद्युत् स्टोरेजको प्रभावकारी प्रयोग गरी कृषिजन्य तरकारीलाई वर्षभरि समान मूल्यमा राख्न सकिने सम्भावना रहेको पनि बताए ।
शाहले देशमा सम्भावना हुँदाहुँदै पनि व्यवस्थापनको कमजोरीका कारण उद्योगधन्दा चल्न नसकेको टिप्पणी गरे । उनले हेटौंडा सिमेन्ट उद्योग जस्तो अवस्था दोहोरिन नहुने बताउँदै उद्योगहरू सफलतापूर्वक सञ्चालन हुनुपर्ने धारणा राखे । साथै, नेपाली कांग्रेस उद्योग ‘वाईवाई’ जस्तै चल्नुपर्ने अभिव्यक्ति दिएका थिए, जुन विनोद चौधरी तर्फ संकेत गर्दै गरिएको व्यंग्यात्मक टिप्पणीका रूपमा लिइएको छ ।
सभाका क्रममा लामो समयसम्म हुटिङ भएपछि केहीबेर रोकिएका उनले उपस्थित समर्थकहरूलाई ‘आई लभ यु’ समेत भनेका थिए ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया