काठमाडौं । आम जनता पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार रहेका कोमल पौडेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ईश्वर पोखरेललाई समर्थनको घोषणा गरेका छन् ।

समाजशास्त्री रहेका पौडेलले धापासीमा नेता पोखरेलको उपस्थितिमा आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वाधिनताको रक्षा, जन समस्याको समाधान र उन्नत राष्ट्र बनाउने तीव्र आकाङ्क्षा लिएर घरदैलोमा पुग्दा जनताको मत, आफ्नो भावनासँग मेल खाने उम्मेदवार पोखरेल पाइएकाले उहाँका लागि समर्थन र ऐक्यबद्धता रहने घोषणा गरेका थिए ।

advertisement

उम्मेदवार पौडेलले देश र जनताको पक्षमा देशभरका एमालेका उम्मेदवारसँग सहकार्य गरेर सुरक्षित समृद्ध र बलियो राष्ट्र निर्माणमा योगदान गर्न आग्रह पनि गरे ।

  • रासस

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com