काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापा ले आगामी कांग्रेस नेतृत्वको सरकारले शक्तिशाली आयोग गठन गरेर हरेक काण्डको एक–एक छानबिन गर्ने अठोट व्यक्त गरेका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै उनले २०४६ सालपछि प्रधानमन्त्री भएका नेताहरूको सम्पत्तिसमेत छानबिन गरिने बताए । “नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छ । त्यो आयोगले ०४६ सालपछि प्रधानमन्त्री हुनुभएको शेरबहादुर देउवा को सम्पत्ति छानबिन गर्छ, मन्त्री भएको गगन थापाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्छ,उनले भने, आफ्नो बा भए पनि छोड्दैन, एउटा–एउटा कुराको छानबिन गर्छ ।
थापाले आफ्ना नातागोता वा पार्टीभित्रका नेता कसैलाई पनि छानबिनबाट उन्मुक्ति नदिइने स्पष्ट पारे । कांग्रेस नेतृत्वको सरकारले नयाँ कुनै काण्ड नगर्ने र अरूलाई पनि गर्न नदिने दाबी गर्दै त्यसका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढ गरिने बताए ।
कांग्रेस विधिमा विश्वास गर्ने पार्टी भएकाले मनलाग्दी निर्णय नगर्ने उनको भनाइ थियो । साथै, पुराना र नयाँ सबै राजनीतिक शक्तिलाई समेटेर अघि बढ्ने क्षमता कांग्रेससँग मात्र रहेको दाबी गर्दै उनले कांग्रेस अहिले धेरै सुध्रिएर आएको उल्लेख गरे ।
कांग्रेसलाई मत नहाल्नु पर्ने कारण केही छैन, मत हाल्नु पर्ने कारण धेरै छन्,उनले भने ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया