काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस प्रणालीका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने देशका अन्य पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिक बदली देखिएको छ। तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

advertisement

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसहित अन्य हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार रातिको समयमा तराईका केही स्थानमा तुँवालो लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तिनका पहाडी क्षेत्रसहित अन्य हिमाली भू–भागमा आंशिक बदली रहनेछ। देशका अन्य क्षेत्रको मौसम भने मुख्यतया सफा रहने अनुमान गरिएको छ।

यसैगरी, राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com