काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ उपत्यकालाई केन्द्रित गर्दै ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ सुरु गरेको छ। उपत्यकाका तीनै जिल्ला समेट्ने उद्देश्यका साथ कार्यक्रम गौशालाबाट सुरु गरिएको हो।
‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नारासहित सञ्चालन गरिएको यस अभियानको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट गर्दै जनसम्पर्क विस्तार गर्नु रहेको पार्टीले जनाएको छ।
पशुपतिनाथ प्रवेशद्वार नजिकैको गौशालाबाट सुरु भएको अभियान बेलुकी ६:३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय पुगेर समापन हुने कार्यक्रम रहेको छ।
सार्वजनिक रुट म्याप अनुसार यात्रा पशुपतिनाथबाट सुरु भई चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरका सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायक पुग्नेछ। त्यसपछि जडिबुटी, ग्वार्को, मंगलबजार र जावलाखेल हुँदै ललितपुरको पुलचोकमा पुग्ने कार्यक्रम रहेको छ। पुलचोकमा दिउँसो १ बजे छोटो खानाको विश्रामको व्यवस्था गरिएको छ।
दोस्रो चरणअन्तर्गत कालिमाटी, टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी र गोङ्गबु हुँदै वनस्थली चोकस्थित ‘घण्टी घर’ (रास्वपा केन्द्रीय कार्यालय) मा पुगेर कार्यक्रम समापन हुनेछ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया