काठमाडौं । नेपाली कांग्रेसले शनिबार मधेसका चार जिल्लामा चुनावी सभा आयोजना गर्ने भएको छ।
सर्लाही, रौतहट, बारा र पर्सामा हुने यी सभामा पार्टी सभापति गगन थापाले सम्बोधन गर्नेछन्। सभापति थापा सर्लाहीको लालबन्दीबाट यात्रा सुरु गर्दै रौतहट र बारामा पुग्ने क्रमपछि पर्साको वीरगञ्जमा कार्यक्रम समापन गर्ने योजना छ।
त्यसैगरी, सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा पनि सम्बोधन गर्नेछन्।
यसअघि, गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि, फागुन ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे उठेका प्रश्नहरूको जवाफ दिएका थिए।
सभापति थापाले पछिल्ला दिनहरूमा पनि निर्वाचन प्रचार अभियानमा सक्रियता देखाएका छन्। बिहीबार सुर्खेत र बाँकेका चुनावी सभा तथा शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा भएको सभा सम्बोधन गरिसकेका छन्।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया