काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन्।
शनिबार जारी गरिएको भिडियो सन्देशमा उनले देशभरका कार्यकर्ता र मतदाताबाट फोनमार्फत सकारात्मक सन्देश आएको उल्लेख गर्दै यसले आफूहरूलाई थप ऊर्जा मिलेको बताएका हुन्।
‘देशभरका साथीहरू र मतदाताले फोन गरेर तपाईंहरूले कांग्रेस रूपान्तरण गर्नुभयो, अब देश रूपान्तरण गर्ने प्रक्रियामा अझ उत्साहजनक तरिकाले अगाडि बढ्नुस् भन्नुभएको छ, यसले अझ उत्साही बनाएको छ,’ उनले सन्देशमा भनेका छन्।
महामन्त्री पौडेलले देशभरका कांग्रेस कार्यकर्तालाई मतदातामाझ सक्रिय रूपमा पुग्न आग्रह गर्दै राजनीतिमा देखिएका विकृति हटाएर नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका पौडेलले उक्त क्षेत्रका मतदाताबाट पनि स्नेह र समर्थन प्राप्त भइरहेको बताएका छन्।
‘आदरणीय मतदाताज्यूहरूले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसबाट मलाई ऊर्जा प्राप्त भएको छ। म अत्यन्त उत्साही छु,’ उनले बताएका छन्।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया