एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई परमाणु हतियार विकास गर्न नदिन संयुक्त कदम चालिएको बताएका छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, इजरायलका नागरिकहरू, केही समय अघि इजरायल र अमेरिकाले इरानमाथि आतङ्कवादी शासनबाट उत्पन्न अस्तित्वगत खतरालाई हटाउन एक अभियान सुरु गरेका छन् । म हाम्रा महान् मित्र, राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको ऐतिहासिक नेतृत्वको लागि धन्यवाद दिन्छु । ४७ वर्षदेखि अयातोल्लाह शासनले इजरायलको मृत्यु’, ‘अमेरिकाको मृत्यु’ भनेर नारा लगाइरहेको छ ।’

advertisement

इरानले आफूहरूको रगत बगाएको, धेरै अमेरिकीको हत्या गरेको अनि आफ्नै जनतालाई पनि नरसंहार गरेको उनले विज्ञप्तिमा लेखेका छन् । उनले यस्तो आतङ्कवादी शासनलाई परमाणु हतियार प्राप्त गर्न नदिनु सम्पूर्ण मानवताका लागि आवश्यक भएको उनले भनेका छन् । संयुक्त कारबाहीले साहसी इरानी जनतालाई आफ्नै भविष्य आफैँ निर्धारण गर्ने अवस्था सिर्जना गर्ने दाबी उनले गरेका छन् ।

‘इरानी जनताका सबै तप्काहरू– फारसी, कुर्द, अजरी, बलुची र अहवाजीहरूले अत्याचारको जुवा फ्याँकेर स्वतन्त्र र शान्तिपूर्ण इरान ल्याउने समय आएको छ । म तपाईं इजरायलका नागरिकहरूलाई होम फ्रन्ट कमान्डको निर्देशनहरू सुन्न अपिल गर्दछु । आगामी दिनहरूमा, अपरेसन ‘द रोअर अफ द लायन’ मा हामी सबैलाई धैर्य र दृढता चाहिन्छ’ विज्ञप्तिमा भनिएको छ । ‘सबै मिलेर हामी एक साथ उभिनेछौँ, सँगैसँगै लड्नेछौँ, र सँगसँगै हामी इजरायलको अनन्तता सुनिश्चित गर्नेछौँ’ अन्तिममा उनले भनेका छन् ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com