एजेन्सी । इरानले इजरायल माथि जबाबी हमला गरेको छ।

इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले जारी गरेको विज्ञप्तिमा इरानबाट प्रक्षेपित मिसाइलहरूलाई हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारिरहेको जनाइएको छ। त्यससँगै इजरायलले आकाशलाई सुरक्षित मानिएको बताएको छ। तर, धेरै संख्यामा हवाई हतियार प्रहार भएपछि प्रतिरक्षा प्रणालीले सबैलाई रोक्न नसक्ने सम्भावना रहेको चेतावनी पनि दिइएको छ।

advertisement

इरानमाथि आक्रमण गरेलगत्तै इजरायलले देशव्यापी आपतकाल घोषणा गरेको छ र हवाई प्रतिरक्षा प्रणालीलाई सक्रिय राखेको छ। आइडिएफले भन्यो, ‘केही समयअघि इरानबाट प्रक्षेपित मिसाइलहरू पहिचान गरिएपछि विभिन्न क्षेत्रमा साइरन बजाइएको छ।’

यसैबीच, आइडिएफले नागरिकहरूलाई सेनाको निर्देशन पालना गर्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘रक्षा प्रणाली पूर्ण अभेद्य हुँदैन। त्यसैले सर्वसाधारणले सेनाको अपिललाई पालना गर्नु अत्यावश्यक छ।’

इजरायली सञ्चारमाध्यमहरूले पनि ठूलो संख्यामा मिसाइलहरू आकाशमा देखिएको र सुरक्षा प्रणालीले केही रोक्न सकिरहेको रिपोर्ट गरेका छन्।

इरानले भने, राष्ट्रपति मसुद पेजिस्कियन सुरक्षित रहेको जनाएको छ। इरानी सरकारी समाचार संस्था आआरएनए ले पनि यो पुष्टि गरेको छ।

शनिबार बिहान अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हमला गरेका थिए। इजरायलले यस आक्रमणलाई अपरेसन ‘रोअर लायन’ (सिंहको गर्जन) नाम दिएको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com