एजेन्सी । खाडी क्षेत्रमा बहराइन, आबुधाबी र कतार नजिक रहेका अमेरिकी सैन्य आधार नजिकै आज ठूलो संख्यामा विस्फोट भएका छन्।

बहराइनको गृह मन्त्रालयले आफ्ना नागरिकलाई तत्काल नजिकको सुरक्षित स्थानमा सराइ सुरक्षित रहन चेतावनी जारी गरेको छ। इरानको अर्ध–सरकारी फोर्स समाचार एजेन्सीका अनुसार बहराइनस्थित अमेरिकी सैन्य बेसमा इरानबाट क्षेप्यास्त्र आक्रमण गरिएको छ।

advertisement

बहराइन फारसी खाडीमा अमेरिकाको प्रमुख सहयोगी हो र मनामामा अमेरिकी नौसेनाको पाँचौं फ्लीटको मुख्यालय स्थायी रूपमा रहेको छ।

कतारले आफ्नै क्षेत्रमा दुईवटा इरानी मिसाइल रोकिएको जनाएको छ। यसले इरानले अमेरिकी आक्रमणको जवाफ स्वरूप प्रतिकार गर्दै आएको संकेत दिएको विश्लेषकहरूले बताए।

स्थानीय अधिकारीहरूले यस घटनाले गल्फ क्षेत्रमा तनाव बढाएको र क्षेत्रीय सुरक्षा अवस्था प्रति अन्तर्राष्ट्रिय चासो थपिएको बताएका छन्।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com