काठमाडाैं । उज्यालो नेपाल पार्टी ले २०७९/८० को निर्वाचनमा कुनै गठबन्धन वा चुनावी तालमेल नरहेको स्पष्ट पारेको छ। पार्टीका प्रवक्ता डा। राजु थापा ले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा फैलिएको हल्ला सत्य नहुने बताइएको छ।
विज्ञप्तिमा भनिएको छ कि पार्टीले आजसम्म कुनै राजनीतिक दल, उम्मेदवार वा समूहसँग औपचारिक वा अनौपचारिक रूपमा गठबन्धन, चुनावी एकता, तालमेल, सहकार्य वा समर्थनको कुनै निर्णय वा सम्झौता गरेको छैन र कुनै प्रतिबद्धता व्यक्त गरेको छैन। साथै, पार्टीको नाममा आउने अपुष्ट समाचार, अनुमान र अफवाहलाई सत्य ठानेर प्रचार नगर्न तथा आधिकारिक जानकारीका लागि मात्रै पार्टीका आधिकारिक विज्ञप्ति र माध्यम प्रयोग गर्न अनुरोध गरिएको छ।
पार्टीले चेतावनी पनि दिएको छ कि कसैले पार्टीको नाम दुरुपयोग गरी झुट्टा सूचना, गलत प्रचार वा भ्रामक सामग्री फैलाए कानुनी प्रक्रिया अपनाइनेछ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया