काठमाडौं । साउदी अरेबियाले इरानले खाडी क्षेत्रका विभिन्न मुलुकहरूमा गरेको मिसाइल आक्रमणको कडा निन्दा गरेको छ। शनिबार इरानले संयुक्त अरब इमिरेट्स, बहराइन, कतार, जोर्डन र कुवेतको भूमितर्फ मिसाइल प्रहार गरेको बताइएको छ।

साउदी अरेबियाले उक्त आक्रमणलाई सम्बन्धित देशहरूको सार्वभौमिकता तथा अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तमाथि भएको गम्भीर उल्लंघनका रूपमा व्याख्या गरेको छ। उसले यस्ता गतिविधि दोहोरिँदै गएमा इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएको छ।

यसैबीच इजरायल र इरानबीच बढ्दो सैन्य तनावका कारण खाडी क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै कतार, कुवेत र संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन्।

शनिबार इजरायलले इरानका विभिन्न सहरहरूलाई लक्ष्य गर्दै हवाई आक्रमण गरेको खबर सार्वजनिक भएपछि मध्यपूर्व क्षेत्रमा तनाव अझ चर्किएको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com