जनकपुरधाम । धनुषा क्षेत्र नम्बर–४ मा राष्ट्रिय मुक्ति पार्टीका प्रतिनिधिसभा उम्मेदवार महावीर यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवारी दिएका यादव शनिबार आयोजित एक कार्यक्रममार्फत कांग्रेसमा आवद्ध भएका हुन्। कार्यक्रममा कांग्रेसका उम्मेदवार महेन्द्र यादवले उनलाई पार्टीमा स्वागत गरेका थिए।

advertisement

पार्टी प्रवेशपछि महावीर यादवले आफूले अब नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पूर्ण समर्थन गर्ने घोषणा गरे। उनले नेपाली कांग्रेसको नीति, विचार तथा लोकतान्त्रिक मूल्यप्रति आफ्नो विश्वास रहेको उल्लेख गर्दै त्यसै आधारमा पार्टी परिवर्तन गरेको बताए।

उक्त कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य विजयकुमार यादवसहित केही अन्य नेता तथा कार्यकर्ताहरू पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com