काठमाडौ । कतारको दोहा विमानस्थल अस्थायी रूपमा बन्द भएपछि आज त्यहाँका लागि हुने सबै हवाई उडान रोकिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतार सरकारको निर्णयपछि उडान रोकिएको हो।

भुलका अनुसार, ‘दोहा एयरपोर्ट बन्द भएपछि त्यहाँबाट हुने उडान स्वतः प्रभावित भएको छ। युएई, कुवेत लगायतका अन्य देशका उडानको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। हाम्रो तर्फबाट निर्णय गर्ने अधिकार नभएकोले अपडेटको प्रतीक्षा गरिरहेका छौँ,’ उनले बताए।

यस निर्णयसँगै नेपाल–कतारबीचका हवाई सेवा अस्थायी रूपमा ठप्प भएका छन् र यात्रु तथा एयरलाइन कम्पनीहरूलाई असर पुगेको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com