काठमाडौँ। भारतको आन्ध्र प्रदेशस्थित काकिनाडामा शनिबार एक पटाका (आतिशबाजी) कारखानामा भएको भीषण विस्फोटमा परेर कम्तीमा २१ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का अनुसार राज्यमन्त्री कण्डुला दुर्गेशले घटनामा २१ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।

advertisement

यस घटनाप्रति नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। त्यस्तै, एन चन्द्रबाबु नायडुले घटनाको विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन्।

भारतमा विशेषगरी दिवाली र विवाहजस्ता उत्सवका अवसरमा पटाका पड्काउने चलन व्यापक छ। यद्यपि, पछिल्ला वर्षहरूमा पटाका कारखानामा बारम्बार भइरहेका विस्फोटका घटनाले सुरक्षा मापदण्ड, उत्पादन प्रक्रिया र नियमन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com