एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका छन्।

ट्रम्पले आफ्नै सामाजिक सञ्जालमार्फत अमेरिका र इजरायलले तेहरानमा गरेको संयुक्त आक्रमणका क्रममा खामेनीको मृत्यु भएको उल्लेख गरेका हुन्। उनले उक्त घटनालाई “न्याय भएको” भन्दै यसबाट इरानी जनता, अमेरिकी नागरिक तथा विश्व समुदायलाई सन्देश गएको टिप्पणी गरेका छन्।

advertisement

यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स ले पनि खामेनी मारिएको दाबी सार्वजनिक गरेको थियो। अमेरिकी समाचार च्यानल फक्स न्युज तथा केही इजरायली सञ्चारमाध्यमहरूले एक उच्च इजरायली अधिकारीलाई उद्धृत गर्दै यस्तै खबर प्रकाशन गरेका थिए।

आक्रमणपछि सार्वजनिक गरिएका भू–उपग्रह तस्बिरहरूमा तेहरानस्थित खामेनीको निवास पूर्ण रूपमा ध्वस्त भएको देखिएको बताइएको छ। यद्यपि यस विषयमा स्वतन्त्र र आधिकारिक पुष्टि भने अझै हुन सकेको छैन।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com