काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कर्णाली प्रदेश महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी छाडेका छन्।
दुवै नेता अब नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आइतबार बिहान सुर्खेतमा आयोजित समारोहमा उनीहरूलाई रास्वपा छाडेकाहरूको रूपमा स्वागत गरेका छन्।
यसअघि रास्वपाका मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा र बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पनि पार्टी परित्याग गरिसकेका थिए।
यी सबै नेता अहिले कांग्रेसमा प्रवेश भइसकेका छन्।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया