मोरङ । निर्वाचन प्रचारका क्रममा हिँडिरहेको एक गाडीमा ठूलो रकम भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालका अनुसार, रतुवामाइमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले उक्त गाडी रोक्दै प्रहरीलाई खबर गरेका थिए। गाडीमा कांग्रेसका प्रचार सामग्रीसँगै साढे चार लाख रुपैयाँ (४ लाख ४९ हजार) भेटिएको थियो।

advertisement

एसपी कटवालले भने, ‘हामी पुगेका बेला गाडी चोकमै भेटियो। चालकले आफू व्यवसायी भएको र रकम आफ्नै भएको बताएका छन्।’

उक्त घटना सम्बन्धमा प्रहरीले गाडी र पैसा सहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। पछि सोधपुछ पश्चात ती तीनै जनालाई छोडिएको छ। प्रहरीले छानबिनका लागि गाडी र रकम मोरङ क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा बुझाएको छ।

मोरङ–२ बाट कांग्रेसका मिनेन्द्र रिजाल, एमालेबाट दिलिपकुमार अग्रवाल, नेकपाबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्ण कुमार कार्की उम्मेदवार रहेका छन्।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com