काठमाडौं । रामप्रसाद भण्डारी ले निर्वाचनमा नगद चलखेल भएको पाइए कडा कारबाही गरिने चेतावनी दिएका छन् ।
आइतबार नेपाल प्रेस काउन्सिल ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मौन अवधिमा निर्वाचन सामग्रीसँगै नगद बरामद भए सम्बन्धित उम्मेदवारको उम्मेदवारी नै खारेज गरिने स्पष्ट पारे ।
उनका अनुसार निर्वाचनमा रकम लेनदेन वा नगद बोकेर हिँडेको प्रमाणित भए त्यस्ता उम्मेदवार विजयी घोषित भए पनि उम्मेदवारी खारेज गरिनेछ । साथै, उनीहरूलाई आगामी ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको उनले बताए ।
भण्डारीले निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोगले शून्य सहनशीलताको नीति अवलम्बन गरेको उल्लेख गर्दै स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्न कडाइका साथ अनुगमन गरिने बताए ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया