काठमाडौं । गगन थापा ले देशलाई घृणा र उत्तेजनाको भाषाले सम्हाल्न नसकिने बताएका छन्। आइतबार कीर्तिपुर मा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा सभापति थापाले मुलुक चलाउन सबैलाई मिलाउने, शान्त र संयमित भाषा बोल्ने नेतृत्व आवश्यक रहेको बताए।
उनले भने, “देश सम्हाल्न घृणा र उत्तेजनाको भाषा बोल्नेले सक्दैन। मुलुक चलाउन एक्लै सकिँदैन, टिम चाहिन्छ। संसारभर कोलाहल मच्चाउने र सामाजिक सञ्जालमा भाइरल हुने व्यक्तिहरूले घृणाको भाषा बोलिरहेका हुन्छन्। घृणा र उत्तेजनाले मुलुक चल्दैन, मिलाउनुपर्छ।”
सभापति थापाले निर्वाचन प्रचारप्रसारका क्रममा उत्तेजना र विवादास्पद भाषा प्रयोग नगर्न आफ्ना नेता–कार्यकर्तालाई आग्रह गरे। उनले भने, “चुनाव प्रचारप्रसारमा आफ्ना एजेन्डा, सिद्धान्त र योजना प्रस्तुत गर्नुहोस्, घोचपेच र उत्तेजनाको भाषा प्रयोग नगर्नुस्। हामीले प्रतिज्ञापत्र ल्याएका छौं, त्यसैलाई बुझाउने प्रयास गर्नुस्।”
थापाले प्रधानमन्त्रीका उम्मेदवारबीच योजना र एजेन्डाबारे बहस हुने अपेक्षा भए पनि त्यो पूरा हुन नसकेको समेत बताए।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया