काठमाडाैं । पश्चिमी भारतीय राज्य महाराष्ट्रको नागपुरमा आइतबार एक विस्फोटक कारखानामा भएको विस्फोटमा कम्तीमा १७ जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको राज्यका अधिकारीहरूले पुष्टि गरेका छन् । उद्धार कार्य तीव्र गतिमा जारी छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो दुर्घटना ‘गहिरो दुःखदायी’ भएको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नविसले पनि एक्समा घटनालाई ‘अत्यन्त दुर्भाग्यपूर्ण र दुःखद्’ भनेका छन् ।

advertisement

विस्फोट मुम्बईबाट करिब ८०० किलोमिटर टाढाको नागपुरमा भएको हो, जहाँ उद्धार कार्यलाई प्राथमिकता दिइएको छ । घटनाको पूर्ण अनुसन्धानका लागि आदेश दिइएको छ ।

यो घटनाले भारतमा औद्योगिक सुरक्षा उपायको महत्व पुनः स्मरण गराएको छ । गत वर्ष पनि पश्चिमी भारतमा आतसबाजी कारखानामा भएको विस्फोटमा २१ जनाको मृत्यु भएको थियो । यसअघि, शनिबार दक्षिणपूर्वी भारतीय राज्य आन्ध्र प्रदेशको पटाखा कारखानामा भएको विस्फोटमा २१ जनाको ज्यान गएको थियो । भारतमा औद्योगिक दुर्घटनाहरू प्रायः सुरक्षा आवश्यकताहरूको अवहेलना र शिथिल कार्यान्वयनका कारण हुने गरेका छन् ।

  • रासस

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com