कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाजुरा जिल्ला सचिव पूर्णबहादुर बुढाले पार्टी त्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन्।
बुढालाई एमालेका केन्द्रीय सदस्यहरू कर्णबहादुर थापा र नरेश रोकायाले एक कार्यक्रमबीच पार्टीमा स्वागत गरेका हुन्।
सो अवसरमा केन्द्रीय सदस्य थापाले बुढाको संगठनात्मक अनुभव र नेतृत्व क्षमताले एमालेको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे। उनले बाजुरामा पार्टीको जनाधार विस्तार गर्न बुढाको भूमिका महत्त्वपूर्ण हुने बताए।
एमालेमा प्रवेश गर्दै बुढाले आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको बताएका छन्। स्थानीय तहदेखि जिल्ला तहसम्म संगठन निर्माणमा सक्रिय भूमिका खेलेका उनी पछिल्ला दुई वर्षदेखि रास्वपामा आबद्ध भई जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै बुढाले देशको विकास, स्थायित्व र समृद्धिका लागि नेकपा एमाले नै उपयुक्त राजनीतिक शक्ति भएको उल्लेख गरे। रास्वपामा देश परिवर्तनका लागि स्पष्ट नीति तथा दीर्घकालीन कार्यदिशा नदेखिएकाले आफू पुनः एमालेमा फर्किएको उनको भनाइ छ।
बाजुरा जिल्लामा आगामी निर्वाचनका लागि एमालेबाट लालबहादुर थापा उम्मेदवार रहेका छन्।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया