काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएकी छन्।
सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने गरी आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान गरिएको एक मन्त्रीले जानकारी दिएका छन्।
मध्यपूर्व क्षेत्रमा पछिल्लो समय बढ्दो तनावलाई मध्यनजर गर्दै त्यसको सम्भावित प्रभाव, नेपालले अपनाउनुपर्ने सुरक्षा तयारी तथा कूटनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ।
हाल मध्यपूर्वका करिब एक दर्जन देशमा तनाव चर्किँदै गएको अवस्थामा त्यसको प्रभाव नेपालमा पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारले आकस्मिक छलफल गर्न लागेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया