काठमाडौं । यूएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत जानकारी सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार आक्रमणको क्रममा इरानबाट प्रहार गरिएका १६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, दुई वटा क्रुज क्षेप्यास्त्र र ५४१ वटा ड्रोनलाई यूएईको वायुसेना तथा वायु रक्षा प्रणालीले अवरोध गरेको थियो। ती आक्रमणमध्ये १५२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट गरिएको र १३ वटा समुद्रमा खसेको जनाइएको छ। दुईवटै क्रुज क्षेप्यास्त्रसमेत पत्ता लगाएर नष्ट गरिएको बताइएको छ।

advertisement

उक्त घटनामा तीन जनाको मृत्यु भएको छ, जसमध्ये एक नेपाली नागरिक रहेका छन्। अन्य दुई मृतक क्रमशः पाकिस्तानी र बंगलादेशी नागरिक भएको जनाइएको छ। मृतक नेपालीको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन

आक्रमणका कारण विभिन्न राष्ट्रका ५८ जना सामान्य घाइते भएका छन्। घाइते हुनेमा एमिराती, इजिप्टियन, इथियोपियन, फिलिपिनो, पाकिस्तानी, इरानी, भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमेनी, युगान्डन, इरिट्रियन, लेबनानी तथा अफगानी नागरिकहरू रहेका छन्।
यस घटनापछि मध्यपूर्व क्षेत्रमा तनाव थप चुलिएको छ। यूएई सरकारले सुरक्षा सतर्कता बढाएको जनाएको छ भने अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरिरहेको छ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com