काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । राजनीतिक दल र उम्मेदवारहरूले आजसम्म मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन्
निर्वाचन आयोगका अनुसार सोमबार राति १२ बजेदेखि मौन अवधि लागू हुनेछ। यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा त्यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ। आयोगले मौन अवधि मतदान हुनुभन्दा अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने जनाएको छ।
यस अवधिमा प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायतका कार्यक्रम सञ्चालन गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार












प्रतिक्रिया