एजेन्सी । अफगानिस्तान र पाकिस्तानबीच बढ्दो सीमापार तनावको बीचमा अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानका मुख्य सैन्य प्रतिष्ठानहरूमा हवाई आक्रमण गरेको बताएको छ।

अफगान रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जारी विज्ञप्तिमा भनेको छ कि अफगान वायुसेनाले रावलपिन्डीको नुर खान एयरबेस, क्वेटा र बलुचिस्तानको १२ औँ ब्रिगेड बेस, खैबर पख्तुनख्वाको मोहमण्ड एजेन्सीको खोइजाई क्याम्पसहित अन्य महत्वपूर्ण सैन्य स्थलहरू लक्षित गरी हवाई आक्रमण गरेको हो।

advertisement

प्रकाशित तस्बिरमा चारवटा प्रमुख पाकिस्तानी हवाई अड्डामा भएको क्षति देखिएको छ। तीमध्ये रावलपिन्डीको नुर खान एयर बेस, सरगोडाको पिएएफ बेस मुशफ, भोलारी एयर बेस र ज्याकोबाबादको पिएएफ बेस शाहबाज रहेका छन्।

यसैबीच, अफगान रक्षा मन्त्रालयले पाकिस्तानले काबुल, बगराम र अन्य क्षेत्रमा गरेको हवाई आक्रमणको जवाफमा आफ्नो अभियान सुरु गरिएको जनाएको छ। मन्त्रालयले प्रारम्भिक जानकारीअनुसार आक्रमणले लक्षित क्षेत्रहरूमा ठूलो क्षति पुर्याएको दाबी गरेको छ।

मन्त्रालयले थप आक्रमण वृद्धि भए कडा जवाफ दिइने चेतावनी पनि दिएको छ। सीमापार आक्रमण र पछिल्ला गतिविधिले दुई छिमेकी देशबीचको तनाव तीव्र भएको सङ्केत गर्दछ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com