बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का गण्डकी प्रदेश अध्यक्ष यज्ञ बल्लभ शर्मा पार्टी छाडेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

सोमबार नेकपाका नेताहरू दिनानाथ शर्मा र हितमान शाक्यले शर्मालाई पार्टीमा स्वागत गरेका थिए।

advertisement

शर्माले तत्कालीन माओवादी केन्द्रबाट विद्रोह गरी जनार्दन शर्माले गठन गरेको प्रलोपा तर्फ लागेका थिए। उनले प्रलोपा मार्क्सवादी सिद्धान्त र समाजवादी अर्थनीतिबाट विचलित भएकोले नेकपामा फर्किएको बताएका छन्।

यज्ञ बल्लभ शर्मा तत्कालीन नेकपा माओवादीको एकता समाजदेखि संगठनसम्मका अनुभवी नेता हुन्। त्यस्तै, नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्ती पनि हालै नेकपामा प्रवेश गरेका छन्।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com