रामेछाप । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी क्षेत्रमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जिप भीरबाट खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा एक सुरक्षाकर्मीको ज्यान गएको पुष्टि भएको छ।
उक्त गाडीमा निर्वाचन सामग्रीसहित करिब १० देखि ११ जना कर्मचारी तथा सुरक्षाकर्मी सवार रहेका थिए। दुर्घटनापछि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाइतेहरूको उद्धार र घटनाबारे थप विवरण सङ्कलन गर्ने काम भइरहेको छ। दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया