काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित वन कार्यालय नजिक कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको कार सडकबाट करिब २०० मिटर तल खसेको सशस्त्र प्रहरी बलले जनाएको छ।

advertisement

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार कारमा पाँच जना सवार थिए। तीमध्ये चार जना घाइते भएका छन्।

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र नम्बर–१ को स्ट्राइकिङ टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर पठाइएको जनाइएको छ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com