काठमाडाैं । काठमाडौं नयाँबानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार बानेश्वरको सिभिल अस्पताल फोहोर बोक्ने टिपरको ठक्करबाट सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइरालाको मृत्यु भएको हो । उनी नायब सुब्बा पदका कर्मचारी भएको खुलेको छ ।

प्रदेश ३–००१ ब। ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई बिहान ८ः४५ बजे बा २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो । तत्काल उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको हो ।

advertisement

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com