काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार, एक अमेरिकी डलरको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ। त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा रहेको छ। त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ।
बैंकका अनुसार आवश्यक परेमा विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने जनाइएको छ। अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया